चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

स्काई न्यूज/ जेठ ३, सुर्खेत । सुर्खेतको चिंङगाड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्मालाई ६१ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिसीले ३ हजार ५ सय ९१ मत प्राप्त गर्नु भएको थियो भने उनका निकटतम् प्रतिद्वन्द्वी शर्माले ३ हजार ५ सय ३० मत प्राप्त गरेको निर्वाचन अधिकारी उपेन्द्रकेशर खनालले बताए । उनले उपाध्यक्ष पदमा समेत एमालेका मिनाकुमारी रोकाया ३ हजार ५ सय ८१ मत ल्याएर निर्वाचित भएको जनाए । रोकायका प्रतिद्वन्द्वी मनमाया आचार्यले ३ हजार ४ सय ६९ मत प्राप्त गरेकी थिइन् ।

चिङगाडमा कुल १० हजार ७ सय २९ मतदाता मध्ये ७ हजार २ सय ७५ जनाले मात्र मत खसालेको निर्वाचन अधिकारी खनालले बताए । उनका अनुसार ६ वटा मात्र वडा रहेको चिङगाड गाउँपालिकाको १, ४ र ५ नम्वर वडाध्यक्षमा समेत एमालेले जितको छ भने  नेपाली कांग्रेसले  २, ३ र ६ नम्वर वडामा जीत हात पारेको हो ।

Translate »