पञ्चपुरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका भण्डारी निर्वाचित

 

स्काई न्यूज/ जेठ ३, सुर्खेत ।  पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका लालवीर भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका धनबहादुर थापालाई ७ सय ९१ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।

भण्डारीले ५ हजार ९ सय ९ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५ हजार १ सय १८ मत प्राप्त गरेको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।

नगर उप–प्रमुखमा समेत नेपाली काँग्रेसकै मुक्तिदेवी रेग्मीले नेकपा एमालेका दुर्गाकुमारी जैसीलाई ९ सय २६ मत अन्तरले हराउँदै निर्वाचित भएकी छिन् ।

रेग्मीले ६ हजार ९४ मत ल्याएकी हुन भने उनका निकटतम् प्रतिद्वन्द्वी जैसीले ५ हजार १ सय ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टले बताए ।

११ वटा वडा रहेको पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसले एक्लै ७ वटा वडा जित्न सफल भएको छ । बाँकी ३ वडाध्यक्षमा नेकपा एमालेले जीत हात पारेको छ भने एउटा वडा नेकपा माओवादी केन्द्रले जीतेको छ ।

नगरको वडा नम्वर १, मा नेकपा एमालेका कर्णबहादुर थापामगरले नेपाली काँग्रेसका बुँदे साउनलाई हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन भने वडा नम्वर २, मा भने नेपाली काँग्रेसका यामबहादुर विसीले नेकपा एमालेका टिकाकुमारी रानालाई हराउँदै वडाध्यक्षमा जीत हात पारेका हुन् ।

वडा नम्वर ३, मा नेकपा एमालेका चन्द्रवीर रावतले नेपाली काँग्रेसका बलबहादुर रोकायलाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन भने उता वडा नम्वर ४, मा समेत नेकपा एमालेका रामप्रसाद अधिकारीले नेपाली काँग्रेसका प्रेमबहादुर शाहीलाई हराउँदै वडाध्यक्ष पदमा जीत हात पारको हुन् ।

त्यस्तै वडा नम्वर ५, मा नेपाली काँग्रेसका नगेन्द्रबहादुर शाहीले नेकपा एमालेका होमबहादुर रामजालीलाई हराउँदै वडाध्ययक्षमा जीत हात पारेका छन भने वडा नम्वर ६, मा नेकपा माओवादी केन्द्रका नरबहादुर सिजापतिले नेकपा एमालेका शेरबहादुर सार्कीलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

यस्तै वडा नम्वर ७, मा नेपाली काँग्रेसका खिमबहादुर बयक क्षेत्रीले नेकपा एकीकृत समाजवादीका रतनबहादुर विसीलाई हराउँदै वडाध्यक्षमा जीत हात पारेका छन भने उता वडा नम्वर ८, मा नेपाली काँग्रेसका दिपककुमार थापाले नेकपा माओवादी केन्द्रका रणबहादुर महतरालाई वडाध्यक्ष पदमा पराजित गरेका हुन् ।

उता वडा नम्वर ९, मा नेपाली काँग्रेसका पूर्णप्रसाद घिमिरेले नेकपा एमालेका हरिप्रसाद पौडेललाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन भने वडा नम्वर १०, मा समेत नेपाली काँग्रेसका हरिप्रसाद ढकालले नेकपा एमालेका सुरेशप्रसाद शर्मालाई पराजीत गरेका वडाध्यक्ष पद हात पारेका हुन् ।

यता वडा नम्वर ११, मा नेपाली काँग्रेसका धनबहादुर माझीले नेकपा माओवादी केन्द्रका प्रेमबहादुर विकलाई हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन् ।

Translate »