बराहतालमा भण्डारी र पुनमगर विजयी

स्काई न्यूज /जेठ ३, सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा भिमबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई ७ सय १८ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । भण्डारीले ४ हजार २ सय ७३ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पाण्डेले ३ हजार ५ सय ५५ मत प्राप्त गरेको बराहताल गाउँपालिकाका निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।
गाउँपालिकाको उपाध्यक्षमा समेत नेपाली काँग्रेसकै लक्ष्मी पुनमगरले नेकपा एमालेका दुर्गाकुमारी विष्टलाई ७ सय २ मत अन्तरले हराउँदै निर्वाचित भएकी छिन् । पुनमगरले ४ हजार ३ सय १ मत ल्याएकी हुन भने उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले ३ हजार ५ं सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताए ।
१० वटा वडा रहेको बराहताल गाउँपालिकामा नेकपा एमालेले एक्लै ५ वडाध्यक्षमा जीत हात पारेपनि उसलाई अध्यक्ष र उपाध्यक्ष पदमा पराजीत हुनु परेको छ । ३ वटा वडाध्यक्ष मात्र जीतेको नेपाली काँग्रेसले भने अध्यक्ष र उपाध्यक्षमा शानदार विजयी हात पारेको छ । उता नेकपा माओवादी केन्द्र भने २ वटा वडाध्यक्ष पदमा जीत हात पारेको छ ।
गाउँपालिकाको वडा नम्वर १, मा नेकपा माओवादी केन्द्रका बमबहादुर बडुवालले नेपाली काँग्रेसका यसबहादुर दर्लामीलाई पराजीत गर्दै वडाध्यक्षमा जीत हात पारेका छन् भने वडा नम्वर २, मा नेकपा एमालेका भिमबहादुर सावदले नेकपा माओवादी केन्द्रका डिलबहादुर नेपालीलाई हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् ।

वडा नम्वर ३, मा नेपाली काँग्रेस शेरबहादुर पुनमगरले नेकपा माओवादी केन्द्रका दत्तबहादुर बराल मगरलाई हराउँदै वडाध्यक्षमा विजयी हात पारेका छन भने वडा नम्वर ४, मा नेकपा माओवादी केन्द्रका वृषबहादुर सिंजापतिले नेपाली काँग्रेसका दिर्घबहादुर कठायतलाई पराजीत गरि वडाध्यक्ष पद जीतेका हुन् ।
त्यस्तै वडा नम्वर ५, मा नेपाली काँग्रेसका धिमराज जोल्मीमगरले नेकपा एमालेका नन्दराम अधिकारीलाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन भने, वडा नम्वर ६, मा नेपाली काँग्रेसका नमराज शर्माले नेकपा एमालेका जगतबहादुर विसीलाई पराजीत गर्दै वडाध्यक्ष पद जीतेका हुन् ।
यसैगरी नेकपा एमालेका कुलबहादुर बुचाले वडा नम्वर ७, मा नेपाली काँग्रेसका यज्ञबहादुर विकलाई हराउँदै वडाध्यक्ष पदमा विजयी भएका छन् भने वडा नम्वर ८, मा नेकपा एमालेकै केशरबहादुर कार्कीले नेपाली काँग्रेसका फक्तबहादुर गौतमलाई पराजीत गरेर वडाध्यक्ष पद हात पारेका हुन् ।
त्यसैगरी वडा नम्वर ९, मा नेकपा एमालेका युवराज पुलामी मगरले नेपाली काँग्रेसका निरास छन्तेल मगरलाई पराजीत गरेर वडाध्यक्ष पद हात पारेका छन भने वडा नम्वर १०, मा नेकपा एमालेकै हरिलाल सलामीले नेकपा माओवादी केन्द्र मेखलाल सलामी मगरलाई हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् ।