सुर्खेतको चौकुनेमा गठबन्धन विजयी

स्काई न्यूज/ जेठ ५, सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष पदमा गठबन्धन विजयी भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्क विकले नेकपा एमालेका हरिप्रसाद अधिकारीलाई २ हजार ६२ मत अन्तरले हराउँदै गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

जितका लागि उनले ५ हजार ४ सय ७६ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी अधिकारीले ३ हजार ४ सय १४ मत प्राप्त गरेको चौकुनेका निर्वाचन अधिकृत सरोजनिधि बाक्लेले जानकारी दिए । उनले उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार नरबहादुर बान्तोलाले नेकपा एमालेका निर्मला मगरलाई १ हजार ७ सय ८२ मत अन्तरले हराउँदै निर्वाचित भएको बताए ।

उनका अनुसार बान्तोलाले ४ हजार ७ सय ९१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी निर्मला मगरले ३ हजार ९ मत प्राप्त गरेकी छिन् । चौकुनेका १० वडाहरु मध्ये नेपाली काँग्रेसले १,२,४ र ९ नम्वर वडा, नेकपा एमालेले ३,५,६ र १० नम्वर वडा तथा नेकपा माओवादी केन्द्रले ७ र ८ नम्वर वडामा जित हात पारेका छन् ।

Translate »