सवारी चालक अनुमति पत्र प्रदेशबाटै वितरण गरिने

जेठ १०, काठमाडौं । सरकारका आगामी बर्षको निति तथा कार्यक्रममा सवारी चालक अनुमति पत्र सम्बन्धित प्रदेशबाटै वितरण गरिने उल्लेख भएको छ ।

मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चालक अनुमति पत्र सम्बन्धित प्रदेशबाटै वितरण गरिने घोषणा गरेकी हुन् ।
उनले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशकार्यलयबाटै सरल रुपमा शीघ्र वितरणको व्यवस्था मिलाइने बताइन् ।