२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु



–
स्काई न्यूज/ जेठ ११, सुर्खेत ।  मुगुदेखि नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस दैलेखको आठवीसकोटमा बुधबार राति दुर्घटनामा परेको छ । म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका–२, सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले बस करिब ८ बजे रात्रीमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएकाले अँधेरोका कारणले उद्दारमा कठिनाई भईरहेको बताए । उनले बसमा सवार ३५ जना मध्ये ३ बालबालिका, ४ महिला र २८ जना पुरुष सवार रहेको जनाए ।

उनका अनुसार बस दुर्घटनाको कारण नखुलेपनि अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार कार्यलाई जारी राखेका छन् । उद्दार कार्य जारी राखिएकाले दुर्घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन् ।

प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार
Translate »