सुर्खेत कारागारका २१ कैदीको सजाय मिनाहा

स्काई न्यूज/ जेठ १५, सुर्खेत ।  सरकारले सुर्खेत कारागारमा कैदीबन्दी जीवन विताईरहेका २१ जनाको सजाय मिनाहा गरेको छ । पन्ध्रौं गणतन्त्र दिवसको अवसर पारेर सरकारले विभिन्न मुद्धामा कैद सजाय पाएका १६ पुरुष र ५ महिलासहित २१ जना कैदीबन्दीको सजाय मिनाहा गरेको हो ।

ती मध्ये एक जनाले पहिलो पटक आम माफी पाएको सुर्खेत कारागारका जेलर भुवन गौतमले बताए । उनका अनुसार सैनिक मुद्धामा जेल सजाय पाएका कालिकोटका एक जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आम माफी मिलेको हो । कैद मिनाहा गरिएका मध्ये बहुविवाहका मुद्धाका–५ जना, आत्महत्या दुरुत्साहन मुद्धाका–२ जना, चोरी मुद्धाका–२ जना, नक बजनी चोरीमुद्धाका–२ जना, सवारी ज्यान मुद्धाका–२ जना र कत्र्वय मुद्धाका– ८ जना रहेका छन् ।

उनीहरु मध्ये १४ जना ५० प्रतिशत कैद भुक्तान गरेका र ६ जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेको जेलर गौतमले जानकारी दिए । उनका अनुसार असल चालचलन भएकालाई सजाय मिनाहका लागि सिफारिस गर्ने गरिन्छ ।

विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत सजाय मिनाहा दिने प्रचलन रहेको छ । यी २१ जना छुटेपनि सुर्खेत कारागारमा आठ आश्रित बालिकासहित ३ सय ८२ कैदी बन्दी रहेका छन् । ७० जना क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ३ सय ३० जना र ३० जना क्षमता रहेको महिला बन्दी गृहमा ४४ रहेका छन् ।

Translate »