अझै केही दिन वर्षाको सम्भावना

जेठ १८, काठमाडौं । अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनका अनुसार प्रि–मनसुन सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावसमेत रहेको छ । ‘यी प्रणालीको प्रभाव मनसुन भित्रिएपछि मात्र कमजोर हुने देखिएको छ’, मौसमविद् प्रधानाङ्गले भने ।

मनसुन भित्रिने औसत समय जुन १३ मानिएको छ । रातका समयमा प्रदेश नं १, मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ६ डग्री र अधिकतम तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । रासस

Translate »