नेपालगञ्जमा राजाको शालिक राख्न खोज्दा झडप

 

स्काई न्यूज/ जेठ १९, बाँके । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।


राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेको थियो । शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले बिरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाएको जानकारी आफूलाई प्राप्त भएको बताए । प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको उहाँका भनाइ छ ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले बिरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको बताए । घटना बारेमा थप विस्तृत विवरण आउन बाँकी छ ।

Translate »