प्रतिनिधि सभाको निर्वाचन कात्तिक या मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा


जेठ २१, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कात्तिक या मंसिरभित्रै हुने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममाा प्रधानमन्त्री देउवाले निर्वाचन कात्तिक मंसिरमै गर्दा हुन्छ भन्दै ढिलो गर्यो भने झन् विवाद हुन्छ भन्नु भएको छ । गठबन्धनका नेताहरुसँग सरसल्लाह गरेर यो बारेमा टुंगो लगाइने पनि उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताउनुभएको छ ।
उहाँले गठबन्धन कायमै रहने भन्दै जुन प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन ।’

