२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सुर्खेतमा विश्व खाद्य स्वच्छता दिवस मनाईयो



स्काई न्यूज जेठ २४, सुर्खेत । सप्ताहव्यापी विभिन्न सचेतनामुलक कार्यक्रम गरि सुर्खेतमा विश्व खाद्य स्वच्छता दिवस मनाईएको छ । सर्वसाधारण नागरिकको स्वास्थ्य सचेतना फैलाउन र खाद्य पदार्थमा कुनै किसिमको मिसावट विरुद्ध जनचेतना जगाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सप्ताहव्पापी सचेतनामुलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।

‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मंगलबार जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी तथा सदस्यहरु, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको प्रभातफेरी सचेतनामूलक व्यानर, प्लेकार्ड तथा नारासहित वीरेन्द्रनगर बजार परिक्रम गर्दै पिपलचौतारा पुगेर कोणसभा गर्दै दिवसको औचित्य माथि प्रकाश पारिएको थियो ।

जनचेतनामुलक प्रभातफेरीको नेतृत्व गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालय खाद्य पोषण स्वच्छता सम्बन्धि जनचेतना, सूचना संदेश, सचेतना पर्चा पम्पलेट वितरण, होटल रेष्टुरेण्ट अनुगमन निरीक्षण, स्ट्रिट फुड स्वच्छता, खाद्य स्वच्छता सम्बन्धि अन्तरक्रिया, ¥यालीलगायतका कार्यक्रम गरिएको जानकारी दिए । संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै स्वच्छ तथा पौष्टिक खाद्य वस्तुहरु उपभोगका लागि प्रेरित गर्न जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा दिवस मनाईएको उनको भनाई छ ।

उनले उपभोक्ताको खानपान तथा आनीबानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य सुरक्षाका निम्ति विश्व खाद्य स्वच्छता दिवसको महत्वपूर्ण भूमिका रहेको जनाए । यता कोणसभा कार्यक्रमलाई सम्बोधन गर्ने व्यक्ताहरुले खाद्य पदार्थमा स्वच्छता अपनाउन सबैले प्रतिवद्ध भएर आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरेपछि मात्र विश्व खाद्य स्वच्छता दिवसको नारा स्वच्छ सन्तुलित आहार स्वस्थ्य जीवनको आधारलाई साकार पार्न सकिने बताए । उनीहरुले बजारमा भएको खाद्य बस्तुमा हुने अनियमितता र अराजक बजारलाई नियन्त्रण गर्न उपभोक्ता माँझ जनचेतना फैलाउन आवश्यक रहेको औल्याए ।

प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार
Translate »