जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य परीक्षण शिविर

स्काई न्यूज/ जेठ २६, सुर्खेत । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । कार्यालयले विहीबार वीरेन्द्रनगर नगरपालिका–८, नम्वर वडामा जेष्ठ नागरिक दिवा सेवा सुर्खेतको संयोजनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको हो ।

जेष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने सरकारी नीति अनुरुप डा.बिद्धोता भट्टराई, कार्यालय प्रमुख गणेशभक्त गौतम, सिअहेबअधिकृत अमरबहादुर राना, ल्याव टेक्निसियन निरीक्षक दयाराम पंगाली, मलेरिया ईस्पेक्टर निरीक्षक उदयबहादुर विसी, लेखा अधिकृत कांशीराम भट्टराई लगायतले स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क चेकजाँचसँगै औषधि वितरण गरेका छन् ।

शिविरमा करिब सय जेष्ठ नागरिकले प्रत्यक्ष लाभ लिएको लेखा अधिकृत भट्टराईले स्काई न्यूजलाई जानकारी दिए । उनका अनुसार आफनै वस्ती टोलमा निःशूल्क स्वास्थ्य चेकजाँच तथा उपचार पाएपछि जेष्ठ नागरिक खुशि भएका थिए ।

 

Translate »