लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री विमला वली प्रहरी नियन्त्रणमा


स्काई न्यूज/ जेठ ३१, दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगरपालिका–५, बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री विमालाले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
विमालालाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । स्रोतका अनुसार राज्यमन्त्री विमालासँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेका छन् ।


विमलाले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।
विमलाले मंगलबार बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि उनीलाई प्रहरीले नियन्त्रणमा लिनु परेको हो । एकराजकी पत्नी मिना भण्डारीले विमालाविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् । कार्यालय बाहिर महिलाहरुले मन्त्री माथि कारबाहीको माग राख्दै धर्ना बसेका थिए ।


