मेघगर्जन र चट्याङसहित वर्षा

असार १, काठमाडौं । हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

प्रदेश नं १, मधेश र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जानकारी दिएको छ ।
राजधानी काठमाडौंमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बुधवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ७ र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ । रासस