सुतेकै ठाउँ मृत भेटिए कुशे गाउँपालिकाका वडाध्यक्ष

असार ४, सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए । मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए । (अनलाइन खबर)

 

Translate »