२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा



असार ७, काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुन् । उनले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामको अर्को पुस्तक पनि लेखेका थिए । विसं १९९७ असोज १ गते उनको निधन भएको थियो ।

यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु

१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शंखधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा
१८) जय पृथ्वीबहादुर सिंह

(अनलाइनखबर)

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार
Translate »