आवश्यकताका आधारमा भविष्यमा कम्युनिष्ट एकता हुनसक्छ : विप्लव

असार ७, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिष्टबीच आवश्यकता पहिचान गरी भविष्यमा एकता हुन सक्ने बताएका छन् । मुलुकको आर्थिक समृद्धि र राजनीतिक निकासका लागि भविष्यमा सबै कम्युनिष्ट एकै ठाउँमा आएर एकता हुन सक्ने बताए ।

आइतबार कर्णाली प्रदेशको जुम्लामा पुगेका महासचिव विप्लवले पत्रकार भेटघाटमा पश्चगामी नभई अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने ढोका खुला रहेकोमा जोड दिए । यसका लागि सच्चा कम्युनिष्ट सँग एकता र सहकार्य हुन सक्नेमा हुनेमा जोड दिए ।

उनले पत्रकारको जिज्ञासामा एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्ति सँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । विप्लवले विश्वमा पनि कम्युनिस्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताए ।

नेपाल कम्युनिस्ट पाटी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता चन्दले राष्ट्रिय परिस्थितिको विषयको बारे जानकारी गराउँदै अहिले देशको राष्ट्रिय स्वाधीनता जोखिम भएकोमा चिन्ता व्यक्त गरे ।

उनले अमेरिकाले सहयोग अनुदान दिएको एमसीसी र त्यसैसँग जोडिएको एसपीपी नेपालका लागि किमार्थ स्वीकार नहुने उल्लेख गरे । एसपिपि जस्ता सम्झौताका विषय लिएर अमेरिकाले सैन्य ढङ्गबाट अतिक्रमण गर्ने प्रयास नेपाल र नेपालीका लागि राम्रो नभएको भन्दै देशभक्त नेपालीलाई एक हुन अपिल समेत गरे ।

आफ्नो पार्टीमा पनि केही समस्या आएको बताउँदै देशभर कार्यकर्तालाई स्पष्ट पार्न राजनैतिक प्रशिक्षण र जनता भेटघाट गर्न अहिलेको यात्रा रहेको भन्दै असोजमा नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन हुने जानकारी समेत गरे ।

५ गते जुम्ला पुग्नु भएका महासचिव विप्लवले ६ गते जिल्ला कारागारका कैदीबन्दी सँग भेटघाट गरेका छन् । भने मङ्गलवार खुल्ला कार्यक्रममा सहभागी हुने जुम्ला जिल्ला सेक्रेटरी बिर्षबहादुर शाहीले जानकारी दिए ।

नेत्र विक्रम चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम रणवीर सहित केन्द्रीय नेताहरू अहिले जुम्लामा आएका छन् । (रेडियो नेपाल)

Translate »