भवन अभावमा अफिस कोठामा पढ्दै विद्यार्थी

असार १४, सल्यान । हावाहुरीले विद्यालयको छाना उडाएपछि जिल्लाको एक विद्यालयमा विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ । जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले विद्यालयको छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन ।

गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । कक्षा ३ मा पढ्ने विद्यार्थीलाई अफिसमै राखेर पढाउँदै आइरहेको विद्यालयको प्रधानाध्यापक मोहनलाल विष्टले बताए । दिउँसो गर्मी धेरै हुने भएपछि खुला आकाशमुनि विद्यार्थीलाई राखेर पढाउन समस्या भएपछि अफिसमा राखेर पढाउँदै आइरहेको उनको भनाई छ ।

भवनको छाना राखिदिन माग गर्दै शारदा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कुनै सुनुवाइ नभएको विद्यालय प्रशासनले जनाएको छ ।

पाँच शिक्षक १६ विद्यार्थी, कक्षा ५ मा शून्य विद्यार्थी

कक्षा ५ सम्म सञ्चालित यस विद्यालयमा जम्मा १६ विद्यार्थी रहेका छन् । कक्षा १ मा ३, कक्षा २ मा ३, कक्षा ४ र कक्षा ४ मा ६ विद्यार्थी रहेका छन् । तर कक्षा ५ भने विद्यार्थी शून्य रहेका छन् । बाल विकासमा ५ विद्यार्थी रहेका छन् । गत वर्ष ९ विद्यार्थी रहेकोमा यस वर्ष बढेर १६ पुगेको प्रधानाध्यापक विष्टको भनाई छ ।

Translate »