अमेरिकामा स्वतन्त्रता दिवसको र्‍यालीमा गोली चल्दा ६ को मृत्यु,२४ घाइते

असार २१, काठमाडौं । अमेरिकाको सिकागो सहर नजिक अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा निकालिएको र्‍याली एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन् ।

प्रहरीले गोली प्रहारको आरोपमा २२ वर्षीय रोबर्ट इ क्राइमोलाई पक्राउ गरेको सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ ।

आरोपितले अत्याधुनिक हातहतियार प्रयोग गरी घटना घटाएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

अमेरिकामा यस वर्ष हरेक साता कम्तीमा एक गोली प्रहारको घटना भएको, बिबिसीले जनाएको छ । रेडियो नेपाल

Translate »