अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा


असार २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाकाे घाेषणा गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको आरोप लागेपछि बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा गरेको बताए ।
त्यसअघि आजकै प्रतिनिधिसभा बैठकमा उनीविरुद्ध छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो ।

