अरिङगालले टोकेर बालकको मृत्यु
असार २२, सल्यान । सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका ४ बस्ने ललित रानाको ७ वर्षीय छोरा देवदर्शन रानाको मृत्यु भएको हो । बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला बालक रानालाई अरिङगालले टोक्दा घाइते भएका थिए । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् ।
उनका अनुसार बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए । बस्ती नजिकै जंगलमा अरिङगालको गोला भएकाले अरुलाई पनि टोक्ने खतरा बढेको भन्दै जलाएर मार्न स्थानीयले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । (इकान्तिपुर)