२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

वैशाख १ गते घरजग्गा रजिस्ट्रेसन दिवस मनाइने



असार २२, काठमाडौं  । सरकारले अवदेखि प्रत्येक वर्षको वैशाख १ गते घरजग्गा रजिस्ट्रेसन दिवस मनाउने भएको छ ।

मंगलवार बसेको को मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसको रुपमा मनाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद बैठकले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५९ दशमलव ६ मिलियन सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल प्रहरीमा साइबर ब्युरो स्थापनाका लागि कोरियाबाट प्राप्त ८ मिलियन अमेरिकी डलर अनुदान सहयोग लिने निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले २३ ओटा जिल्लाका २ लाख २३ हजार ३३० गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले सर्वेक्षणमार्फत पहिचान भएका गरिब घरपरिवारलाई सूचीकरण गर्ने निर्णय गरेसँगै अब परिचयपत्र वितरण गर्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार
Translate »