फेसबुकमा साथी बनेर २६ लाख बढी ठगी

असार २७, चितवन । सामाजिक सञ्जाल फेसबुक मार्फत रकम ठगी गरेको आरोपमा युवती पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित गैडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई पक्राउ गरेको हो ।

पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय एक पुरुषसँग फेसबुकमा साथी बनेपछि २६ लाख ४५ हजार ७ सय रुपैयाँ ठगीको आरोप लागेको छ । ठगी गरेसंगै फरार भएकी थिइन् । उनलाई चितवन प्रहरीले १८ गते पक्राउ गरेको हो। अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसरी ठगेकी थिइन्


चार वर्षअघि सम्भावी पौडेलले ती ५३ वर्षीय पुरुषलाई फेसबुक रिक्वेस्ट पठाइन् । साथी भए । उनीहरुको सम्बन्ध बाक्लिँदै गयो । रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले । उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो । सन् २०१९ देखि विभिन्न बहानामा पैसा माग्न थालिन् । ती पुरुषले दिन थाले । सुरुवाती चरणमा ४० हजारसम्म माग्न थालिन् । त्यसपछि उनको डिमाण्ड बढ्न थाल्यो । उनले दिइरहें। पछिपछि १ लाखभन्दा माथि माग्न थालिन् । दिन छोडेनन् । यो प्रकृया सन् २०२१ सम्म रह्यो । पटक(पटक गरेर उनले २६ लाख ४५ हजार रुपैयाँसम्म पुर्‍याइन् ।

कहिलेकाही घरमा समेत आउने गरेकी युवती सम्पर्कविहीन हुन थालिन् । उनले जताततै खोजे पत्ता लगाउन सकेनन् । ठगिएको महसुस गरी उनी जिल्ला प्रहरी कार्यालय चितवनसम्म आए । प्रहरीले उनलाई पक्राउ गर्न सकेन । अझ ती पुरुष झन तनावमा पुगे । तर, उजुरी दिएको झण्डै एक वर्षपछि ती किशोरी पक्राउ परिन् । अहिले प्रहरीले अनुसन्धान गरिहेको छ।

पछिल्लो समय सामाजिक सञ्जाल मार्फत ठगी गर्नेको संख्या बढ्दे गएको छ । नागरिक

Translate »