भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ


असार २७, रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिलामाथि खुकुरी प्रहार भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १ रुघा बस्ने ३६ वर्षीय देउकुमार खड्काले आफ्नै भाउजूलाई खुकुरी हानेर घाइते बनाएको आरोपमा पक्राउ परेका छन् ।

घरायसी र अंशबन्डा सम्बन्धि विवादमा खड्काले ३७ वर्षीया डिलसरा बोहरालाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रुकुम प्रहरी प्रमुख डिएसपी विष्णु प्रशाद सोतीले घरायसी अंशबन्डा सम्बन्धी विवादमा खुकुरी प्रहार भएको बताए । ‘घरायसी र अंशबन्डा सम्बन्धि विवादमा खुकुरी हानेको देखिएको छ ।
खुकुरी हान्ने ब्यक्तीलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको छ ।’सोतिका अनुसार गम्भीर घाइते दिलसरा बोहोरालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको छ । घाइते महिलाले पटक पटक आफू असुरक्षित रहेको सुनाउने गरेको स्थानीयहरुले बताएका छन् । (नागरिक)

