ढुङ्गाले किचिएर बालकको मृत्यु

असार ३२, जाजरकोट । जाजरकोटमा माछा मार्ने क्रममा ढुङ्गाले किचिएर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाँउपालिका–९ गैरीखेतका १२ वर्षिय किशोर शाहीको मृत्यु भएको हो ।

स्थानीय खोलामा माछा मार्ने क्रममा ढुङ्गा पल्टिएर चेप्दा किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गाले बालकको टाउको किचेपछि शनिबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हो ।