मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

स्काई न्यूज/ साउन २०, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर एयरपोर्ट चोक नजिकै आज अनियन्त्रित मोटरसाईकलले ठक्कटर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१०, की ४३ वर्षीया बालकुमारी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय मंगलगढी चोकदेखि एयरपोर्ट चोकतर्फ तीव्र गतिमा जाँदै गरेको लु ८५प ५१६६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी बालकुमारीको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) सूरज कार्कीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक विनोद खड्कासहित मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कार्वाही शुरु गरिएको छ ।

Translate »