सुर्खेतमा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

स्काई न्यूज /साउन २९, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकासँग सटेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको भेरीगंगा नगरपालिका–५, गेरवानीबाट घाँस काटन गएका रामबहादुर चन्द र कबि वलीलाई आईतबार दिउँसो निकुञ्ज नजिकै रहेको बफर एरियाको जङ्गलमा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस काटन गएको दुबै जना अबेरसम्म घर नफर्किएपछि अस्थाई प्रहरी पोष्ट बबई, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको देबदत्त गण, चिसापानी सुरक्षा चेक प्वाईन्ट चेपाङ बबईबाट खटिएको नेपाली सेना, बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाले खोजतलास गर्दा दुबै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अबस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार मृत्तक रामबहादुर चन्दको पेटको भागमा खाएको र कबि वलीको घाँटीको भाग खाएको अवस्थामा भेटिएको थियो । घटना बारे थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुलाई खटाईएको छ ।

Translate »