भैरवमा तिमिल्सेना, अमरज्योतिमा पौडेल
स्काई न्यूज /साउन ३१, सुर्खेत । वीरेन्द्रनगरका दुई वटा सामुदायिक विद्यालयले व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएका छन् । वीरेन्द्रनगर–४, मा रहेको भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गंगाराम तिमिल्सेना र वीरेन्द्रनगर– १२, को अम्मरज्योति नमूना माध्यमिक विद्यालयको अध्यक्षमा पूर्णप्रसाद पौडेल सर्वसम्मत चयन भएका हुन् । सरोकारवालको भेलाबाट व्यवस्थापन समितिको नेतृत्वमा चयन भएपछि तिमिल्सिनाले भैरव माविको शैक्षिक उन्नयनलाई थप उचाइमा पु¥याउन सक्रियता रहने बताए ।
यी दुवै विद्यालयमा शैक्षिक गुणस्तर अब्बल भएकोले विद्यार्थीको चापसमेत अधिक छ । शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय तिमिल्सेना र पौडेलको अगुवाइमा विद्यालयको शैक्षिक अवस्थामा थप प्रगति हुने शिक्षक, विद्यार्थी र अभिभावकहरुको अपेक्षा छ ।भैरव माविको विद्यालय व्यवस्थापन समिति सदस्यमा पार्वती धौलाकोटी, गणेशमान खनाल, कमला गैरे, चन्द्रा विक र विष्णुप्रसाद चालिसे चयन भएका छन् ।
त्यस्तै, समितिको सल्लाहकारमा निलकण्ठ खनाल र कालुराम धौलाकोटीलाई छनोट गरिएको छ । यसैगरी, अम्मरजोति नमूना माविको विद्यालय व्यवस्थापन समिति सदस्यमा भानुभक्त अधिकारी, पन्छप्रसाद आचार्य, देवी ढकाल आचार्य, कृष्णा तिमिल्सेना, चन्द्रा लामिछाने, जनप्रतिनिधि चुडामणी चपाइ र शिक्षक प्रतिनिधि अशोककुमार राई एवम् सदस्य सचिवमा प्रधानाध्यापक खगेन्द्र थापा चयन भएका छन् । यसअघिको समितिको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चुनिएको हो ।