डीईएएन सुर्खेतको अध्यक्षमा किशोर कँडेल


स्काई न्यूज भदौं २, सुर्खेत । डिप्लोमा ईन्जिनियर्स एशोसिएशन नेपाल (डीईएएन) सुर्खेतको अध्यक्षमा किशोर कँडेल निर्वाचित भएका छन् । डीईएको सुर्खेतको विहीबार वीरेन्द्रनगरमा भएको चौधौं अधिवेशनले कँडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष चन्द्र प्रकाश राना, सचिव प्रेमचन्द्र पाण्डे, सह–सचिव खगेन्द्रराज थापा, कोषाध्यक्ष कल्पना थापा तथा सदस्यहरुमा हरिबोल राना, रामचन्द्र गौतम, राजकुमार विष्ट, खगिसरा तिवारी, भावना गिरी, सृजना विक, भेसु थानी एवं प्रतापचन्द रावतलाई निर्वाचित गरेको छ ।
डीईएएनले सुर्खेतमा रहेका डिप्लोमा ईन्जिनियरहरुले भोग्नु परका समस्या तथा समाधानका लागि नीतिगतरुपमा राज्यबाट समाधान गराउन प्रयासरत रहेको नवनिर्वाचित अध्यक्ष कँडेलले बताए । उनले २०५७ साउन १ गते अगाडिका डिप्लोमा ईन्जिनियरलाई मात्र दुई ग्रेड थप्ने विभेदकारी निर्णय खारेज गर्न सरकारसँग अहिले डीईएएनले लविङ्ग गरिरहेको जनाए ।

उनका अनुसार नीजि क्षेत्रका डिप्लोमा ईन्जिनियरसँगै सरकारी क्षेत्रले समेत अहिले विभिन्न समस्याहरु झेल्दै आईरहेकाले समस्या समाधानका लागि डीईएएन योजनाबद्ध तरिकाले अघि बढेको छ । अधिवेशनमा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलकण्ठ खनाल, ओमदत्त रेग्मीलगायतले नवनिर्वाचित कार्य समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


