सुर्खेतका जैसीलाई भारतको मानार्थ डाँक्टरेट (पीएचडी) उपाधी


स्काई न्यूज /भदौं ६, सुर्खेेत । सुर्खेतका योग प्रशिक्षक शिवराज जैसीलाई भारतको सोरेट्स सोशल रिसर्च यूनिभरसिटी दिल्लीले मानार्थ उपाधी दिन लागेको छ । योग विधामा लामो समयसम्म योगदान गरे वापत पहिलो पटक नेपालबाट जैसीलाई यूनिभरसिटीले मानार्थ (पीएचडी) उपाधी दिन लागेको हो । यूनिभरसिटीले उनलाई यहीं महिनाको भाद्र १८ गते अर्थात सेप्टेम्वर ३ तारिक २०२२ का दिन दिल्लीमा विधिवत रुपले मानार्थ डाँक्टरेट (पीएचडी) उपाधी दिने जनाएको छ ।
यो उपाधीसँगै नेपालमा योग शिक्षा र योग जागरण अभियानले थप विस्तारसँगै विकासमा टेवा पुग्ने अपेक्षा यूनिभरसिटीको रहेको छ । यूनिभरसिटीले दिन लागेको मानार्थ डाँक्टरेट (पीएचडी) उपाधीबाट आफुलाई योग जागरण अभियान अगाडि बढाउन अतिरिक्त ऊर्जासँगै जिम्मेवारी थपिएको जैसीको भनाइ छ । यता योग तथा योगसँग जुडेका कर्णालीका योग शिक्षक एवम् योग साधकहरुले जैसीले पाउन लागेको मानार्थ डाँक्टरेट (पीएचडी) उपाधीप्रति खुशी व्यक्त गरेका छन् ।


को हुन शिवराज ?
पश्चिम सुर्खेतको चौकुनेगाउँपालिका–७, रानका स्थायी बासिन्दा शिवराज जैसी २०५७ सालदेखि योग तथा मेडिटेशन अभियानसँग जुडेका व्यक्ति हुन् । सुदूरपश्चिमको अछाम, कमलबजार नगरपालिका–१, मा पिता गोपिराम जैसी र माता मनादेवी जैसीको कोखबाट २०२५ साल बैशाख २० गते जैसीको जन्म भएको हो । जैसीको जन्मथलो अछाम भएपनि सुर्खेतको चौकुने गाउँपालिकाको सदरमुकाम गुटुबाट प्रारम्भिक शिक्षा पुरा गरि शिक्षक पेशाबाट सेवानिवृत्त भएका व्यक्ति हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमएड (स्नातकोत्तर) शिक्षा पुरा गरेका जैसीले नेपालमा योग तथा मेडिटेशनको विकासमा योगदान पु¥याउँदै स्वस्थ समाज निर्माणमा जुटिरहेका छन् । हाल जैसी विश्वविख्यात योग ऋृषि स्वामी रामदेव महाराजको योग जागरण अभियानमा संलग्न रहँदै पतंजली योग समिति नेपाल कर्णाली प्रदेश संयोजक हुन् ।


