ओलीसँग भेटे चार देशका राजदूत

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विभिन्न चार देशका राजदूतबिच भेटवार्ता भएको छ । पार्टी कार्यालय च्यासलमा बुधबार अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतहरुसँग भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा कुरा भएको बताइएको छ ।

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद् रहेका बेला प्रमुख प्रतिपक्षी दलका नेतासँग राजदूतहरुले भेटेका हुन् ।

ओलीले आजमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि सरकारले संसदमा पेस गरेको विषयमा प्रतिपक्षसँग छलफल गर्न आग्रह गरेका थिए ।

ओलीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन तदारुकता देखाउनसमेत सरकारको ध्यानाकर्षण गराएका थिए । अन्नपूर्ण पोष्ट

Translate »