पत्रकार धमला पत्नीको उत्ताउलो डान्सको सिको गर्दै सरकारी कर्मचारीहरु

काठमाण्डौ । सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले पत्रकार ऋृषि धमला पत्नी एलिजाको सारी डान्स । एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ । उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छन्् । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ । सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आईडीबाट यस्तै उत्ताउला नृत्य प्रदर्शन भएपछि चर्को आलोचना शुरु भएको छ । चर्को आलोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।

उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ। कतिपय कर्मचारीहरु सेवाग्राहीका काम छोडेर दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ। बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन् । अर्थ चौतारी

Translate »