पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध


स्काई न्यूज/ भदौं १२, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५, धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।