निर्माण व्यवसायीको अध्यक्षमा खड्का विजयी


स्काई न्यूज /भदौं १२, सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षा पदमबहादुर खड्का विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्काले निकटम्त प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीलाई पराजीत गर्दै विजयी भएका हुन् । कुल खसेको २ सय ४५ मत मध्ये खड्काले १ सय ८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जिसीले ४९ मत प्राप्त गरे ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी, उपाध्यक्ष चित्रनाथ योगी, महासचिव खगेन्द्रविक्रम राना, सचिव राजेन्द्र शाही, कोषाध्यक्ष सोमबहादुर श्रेष्ठ तथा सदस्यहरुमा राजकुमार मल्ल, रमेश विसी, नरेश शाही र टोपबहादुर महतारा विजयी भएका छन् ।

