१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै

भदौं १४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार मंगलबार बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं ।

प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गछौं ।’ उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । उनका अनुसार बेलुकासम्ममा नतिजा प्रकाशन गर्ने अनितम तयारी छ । परीक्षामा देशभरबाट ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

Translate »