टिकटक बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन

भदौं १५, सप्तरी । मधेसका सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा सामाजिका सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । टिकटकले आफ्नो संस्कार, संस्कृति बिग्रिनुका साथै अश्लिलता प्रदर्शन भइरहेको भन्दै टिकटक बन्द गर्नुपर्ने माग राखेर युवाहरुले प्रदशनसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै प्रर्दशन सभालाई सम्वोधन गर्दे संघर्ष समिति सप्तरीका संयोजक सचितानन्द यादवले समाजमा टिकटकले विकृति फैलाई रहेकाले टिकटक बन्द गर्नु माग राखे । उनले टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै बन्द गर्न सरकारलाई आग्रह गरे । टिकटकले गर्दा शैक्षिक स्तर खस्किएको तथा विकृति फैलाईरहेकाले नेपालमा टिकटक बन्द गर्न अर्का अभियन्ता अजय दासले अनुरोध गरे । -एनटीभी

Translate »