ओलीले एमालेलाई दक्षिणपन्थी धारमा पु¥याए : नेता खनाल

स्काई न्यूज /भदौं १५, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दलहरुबाट जनताले विकास र समृद्धिको अपेक्षा राखेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि हुन सुर्खेत आईपुगेका नेता खनालले विकास र समृद्धिका लागि आमूल परिवर्तन गर्न सक्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दावी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी धारमा पु¥याएपछि आफुहरु विकल्पको नयाँ शक्ति गठन गर्न बाध्य भएको बताए । आफ्नो अधिकांस समय एमाले अध्यक्ष ओलीप्रति तिखो प्रहारमै खर्चेका खनालले एमाले पार्टीको कार्यदिशा नभई ‘ओली युग’ को सुरुवात भएको टिप्पणी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी उपमहासचिव प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनलाई शिक्षाको रुपमा लिँदै आगामी निर्वाचनमा केपी ओली नराम्रोसँग पराजित हुने बताए । गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा ओलीलाई चुनावमा फेस हुन नै गाह्रो पर्ने उनको भनाई थियो । ज्वालाले समाजवादी पार्टीले अब गठबन्धनको निर्णय पर्खेर नबसी चुनावी अभियान यतिबेला तीव्र पारिरहेको जनाए । कार्यक्रममा प्रदेश सह–इन्चार्ज चन्द्रबहादुर शाही, शेरबहादुर केसी, प्रदेश अध्यक्ष अमरबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

 

Translate »