आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा

भदौ १९, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् । ‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिए ।

बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यही हुने भएपछि मैले यही नै आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिए,’ अभिनेत्री करिश्माले सातौँ वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरूले अझ सजिलो भएको पनि उनले बताइन् । रातोपाटी

 

Translate »