आठ वर्षदेखि फरार महिला पक्राउ

स्काई न्यूज /भदौं १९, सुर्खेत । जाजरकोट प्रहरीले लागुऔषध (चरेश) मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ । आठ वर्षदेखि फरार नलगाड नगरपालिका–३, की ६७ वर्षीया ओमकुमारी थापा लुकिछिपी आफ्नै घरमा बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा आइतबार ईलाका प्रहरी कार्यालयले दल्लीले पक्राउ गरी जेल चलान गरेको हो ।

लागुऔषध (चरेश) मुद्दामा बाँके जिल्ला अदालतले २०७१ मंसिर २५ गते थापालाई १ वर्ष ३ महिना कैद फैसला सुनाएको थियो । तर, उनले दुई महिना कैद सजाय भुक्तान गरेपनि १ वर्ष १ महिना कैद बेरुजु राखेर फरार भएकी थिईन् । प्रतिवादी थापालाई पक्राउ गरी अदालतको आदेशमा आइतबार जाजरकोट कारागार  चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Translate »