२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य



भदौ २०, काठमाडौँ । केन्याको नैरोवीमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स आबुयाले सर्वाधिक ८४ रन जोडे भने अर्का खेलाडी लुकास ओलुचले ५९ र न बनाए ।

नेपालका लागि बलिङतर्फ सोमपाल कामी र आदिल अन्सारीले दुईरदुई विकेट लिए ।

नेपालले यस अघिका दुई एक दिवसीय खेल जितेर तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको छ ।

प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार
Translate »