संविधान दिवसमा राष्ट्रिय युवा संघ सुर्खेतद्वारा दीप प्रज्ज्वलन

स्काई न्युज /असोज ३, सुर्खेत । सातौं संविधान दिवसको अवसरमा सुर्खेतमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् । नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघको आयोजनामा सुर्खेतका नौ वटै पालिकाका विभिन्न स्थानमा सोमवार अपराह्न दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन अघि वीरेन्द्रनगरमा युवा संघले ¥याली समेत गरेको थियो । हटियालाइनस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको ¥याली यरीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभापछि युवाहरुले संविधानको रक्षा र मुलुकको समृद्धिको कामना गर्दै दीप प्रज्ज्वलन गरेको युवा संघ सुर्खेतका अध्यक्ष वासु आचार्यले बताए । उनका अनुसार सो कार्यक्रममा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । वीरेन्द्रनगर र अन्य स्थानीय तहमा भएका दीप प्रज्ज्वलन कार्यक्रममा एमालेका केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरुको पनि सहभागिता रहेको थियो ।