एमालेकाे बन्दसूचीमा सबै नयाँ अनुहार, कांग्रेसका ‘हेबिवेट’ नेता समानुपातिकमा सूचीकृत

स्काई न्युज /असोज ३, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेद्वारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमाल, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोलीले आयोगमा पुगेर समानुपातिक उम्मेद्वारहरूको बन्दसूची बुझाएको हो ।

प्रतिनिधिसभाका १ सय १० र प्रदेश सभाका २ सय २० जना सांसदको सूचीमा यसअघि समानुपातिक कोटामा सांसद नभएका व्यक्तिहरू मात्र समेटिएका छन् ।

‘हामीले प्रतिनिधिसभा र सातवटै प्रदेश सभाको पूर्ण सूची बुझाएका छौँ,’ विभागका उपप्रमुख नीरज आचार्यले नयाँ पत्रिकासँग भने, ‘यसपटकको बन्दसूचीमा सबै नयाँ अनुहारहरूलाई समेटेका छौँ । ’एमालेले बुझाएको बन्दसूचीमा प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० जनामा ५७ जना नयाँ महिला अनुहार छन् । जुन ५२ प्रतिशत हुन्छ।

त्यस्तै, प्रदेश सभातर्फको २ सय २० मा १ सय १९ जना महिला छन् । जसअनुसार सूचीमा ५४ प्रतिशत नयाँ महिला अनुहार समेटिएका छन् । स्थानीय तहको निर्वाचन जितेका, उम्मेद्वार बनेर पराजित भएका, राष्ट्रिय सभा सांसद रहेका कसैलाई पनि एमालेले उम्मेद्वार बनाएको छैन । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेद्वारहरूको नामावली टुंगो लगाएको थियो ।

यता कांग्रेसका ‘हेबिवेट’ नेता समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फ लागि पाँच ठाउँबाट सिफारिस भएकी कांग्रेस नेतृ आरजु देउवासहित बिमलेन्द्र निधि, डा. रामशरण महत समानुपातिकतर्फ सूचीकृत भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवापत्नी राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा परेकी छिन् ।

कांग्रेस समानुपातिक सूचीमा डा. आरजु बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य अम्बिका बस्नेतलगायत बन्दसूचीमा परेका छन् ।  सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको हो। बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका छन् । नयाँ पत्रिका

Translate »