भट्टराई कुलवंशद्वारा शुभकामना आदान प्रदान

स्काई न्यूज /असोज १४, सुर्खेत । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश कार्यसमिति सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा विजयादशमी तथा दिपावलीे शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा भट्टराई परिवारको कुल पुजा तथा वंशाबलीमा नाम छुट भएको परिवारको लगत संकलन गर्ने निर्णय भएको छ ।
वंशावलीमा समावेश भएका तर नाम समावेश छुटेकाको नामावली तयार पारी समावेशका लागि केन्द्रमा पठाउने सहमति भएको प्रतिष्ठान कर्णालीका सचिव शोम भट्टराईले जनाए । उनले प्रतिष्ठानका केन्द्रिय सदस्य मनिराम भट्टराईको प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष काँशीराम भट्टराईको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा वशिष्ठ ऋषीको सम्झना गर्दै कार्यक्रम शुभारम्भ भएको बताए ।
कार्यक्रममा समाजसेवी शिवप्रसाद उपाध्यायले भट्टराईको ईतिहास कुल पुजा र कुल मन्दिरका वारेका एकरुपता कायम गरि सामाजिक क्षेत्रमा उदारणिय कार्य गर्न आवश्यक रहेको औल्याए । उनले भट्टराई परिवारबाट सबैले अनुसरण गर्न सक्ने ब्यवहार र कार्य अपेक्षा गरिएको जनाए । कर्णाली प्रदेश अध्यक्ष काँशीराम भट्टराइले आउदै गरेको विजयादशमी तथा शुभ दिपावली छठ पर्वले भाईभाईमा एकताबद्ध हुँदै समाजमा उदारणिय परिवार बन्न जरूरी बताए । उनले आफ्नै घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता वशिष्ठ ऋषी कुल पुजाका विधि तथा धामी धनन्तरीका वारेका जानकारी गराउदै सकरात्मक सोचको विकास गराउन आबश्यक रहेको औल्याए ।

‘भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्माको सिजा क्षेत्र प्रमुख स्थल भएको शिलालेख, ताम्रापत्र, भोजपत्रमा १३२० भन्दा पहिला नै भट्टराईहरुले बसोवास गरेको पाइन्छ,’ उनले भने ।’ हालै दैलेख, जाजरकोट, सल्यान जुम्लामा बसोवास गर्ने केही परिवारको वंशावलीमा नाम समावेश नभएका र पहिला छुट भएका सुर्खेतका केही परिवारको नामावली अहिले वंशावली २०७९ मा समावेश भएको उनले बताए ।
उनले वंशावलीमा नामावली समावेश नभएकाको हकमा नामावली तयार गरी वंश नम्बरको लागि केन्दमा पठाईने जानकारी दिए । कार्यक्रममा केन्द्रिय सदस्य शुवर्ण भट्टराई समाज सेवी शिवप्रसाद उपाध्याय भट्टराई गंगाराम भट्टराई सुर्खेत जिल्ला अध्यक्ष रेशमलाल भण्डारी भट्टराई कालिकोट जिल्ला अध्यक्ष लक्ष्मी चन्द्र भट्टराई देवप्रसाद भट्टराई लगायतको उपस्थितमा शुभकामना आदान प्रदान गरिएको थियो ।