कर्णालीका प्रदेश प्रमुख क्यानडा जाँदै, शेरचनलाई थप जिम्मेवारी

कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने तय भएको छ । असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी क्यानडाको ओटावा जाने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनको अनुपस्थितिमा  प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शेरचनलाई परियारको अनुपस्थितिमा काम गर्नेगरी प्रमुखको जिम्मेवारी तोकिएका राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  रातोपाटी

Translate »