दसैं टीकाको उत्तम साइत बिहान ११ : ५१ बजे


असोज १७, काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०.३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
नेपाली हिन्दु परम्परा र ज्योतिषशास्त्र अनुसार भूगोल र सूर्योदयका आधारमा साइत निर्धारण गर्ने गरिन्छ ।

