सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

काठमाडौं । एक युवतीलाई जर्वजस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
उनले भने, ‘‘लामिछाने नेपाल पुगिसक्नु भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौं ।’ लामिछानेले स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने विमान खराब मौसमका कारण अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो ।
लामिछानेमाथि गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिएकी थिईन् । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले विमान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।