दसैंको दोस्रो दिन आज एकादशी, मान्यजनबाट टीका ग्रहण गरिँदै

टाढा रहेका आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।


२ लाख बढी मानिसहरु दशें मनाउन आ-आफ्नो थाँतथलो फर्किएपछि केहि दिन देखि सुनसान देखिएको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हिजो टीकाको दिनदेखि भने केही चलहपहल बढेको छ । आफन्तकहाँ टीका लगाउन जानेहरुको चलहपलह बाक्लो बन्दै गएको छ ।

आज पनि विहानैदेखि टीका लगाउन मान्यजन र आफन्तकहाँ जानेहरुको चहलपहल सडकहरुमा देखिएको छ ।

Translate »