भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन् । एमालेले रावलको सट्टा बोहोरालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अछाम-१ बाट बोहोरालाई टिकट दिएको एमाले स्रोतले जनाएको छ । माओवादीबाट एमाले प्रवेश गरेका बोहोरा एमाले केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज हुन् ।

एमालेको अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले रावलको नाम अछाम क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको थियो । उता अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन्।

Translate »