सुर्खेतमा ६ पदका लागि ३९ जनाको उम्मेदवारी


स्काई न्यूज /असोज २४, सुर्खेत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतबाट ३९ जना विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ एमालेबाट अमृत विसी, नेपाली काँग्रेसका हृदयराम थानी, नेकपा माओवादी समाजवादी पार्टीबाट टेकमल दमाई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भिमबहादुर शाही, नेपाल मजदूर किसान पार्टीबाट तुल्सा खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर चुनारा, राष्ट्रिय प्रजातन्त्त पार्टी नेपालबाट वीरेन्द्रकुमार चन्द र जनता समाजवादी पार्टीबाट दिपबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका यामलाल कँडेल, नेपाली काँग्रेसका कालिप्रसाद शाक्य, नेकपा माओवादी समाजवादीबाट भोजप्रसाद चपाई, राष्ट्रिय प्रजातन्त्त पार्टीबाट सूर्यबहादुर खत्री, नेपाल मजदूर किसान पार्टीबाट दिजकला राना, नेकपा एकीकृत समाजवादी पार्टीबाट शिवप्रसाद उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मानबहादुर गाएन, स्वतन्त्रबाट सूर्यबहादुर खत्री, रामप्रसाद भुसाल र पदम वनले मनोनयन पत्र दर्ता गराउनु भएका छन भने क्षेत्र नं. २, प्रदेश सभा ‘ख’ बाट एमालेका ताराकेशर गौतम, नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णबहादुर रेगामी मगर, नेपाल मजदूर किसान पार्टीबाट गगन कामी, एकीकृत समाजवादी पार्टीबाट मोहनसिंह बडुवालले मनोनयन पत्र दर्ता गराएको सहायक निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १, बाट नेकपा एमालेका ध्रुवकुमार शाही, नेपाली काँग्रेसका पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छत्रपति थापा, नेपाल मजदूर किसान पार्टीबाट प्रेमकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद हजरत अलीले मनोनयन पत्र दर्ता गराएका छन् । क्षेत्र नम्वर १, प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका ठम्मरबहादुर विष्ट, नेकपा माओवादी केन्द्रका कृष्ण जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मानबहादुर खराल, स्वतन्त्रबाट खड्क खत्री, दिपेन्द्रनाथ योगी र देवबहादुर चन्द, राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले मनोनयन पत्र दर्ता गराएका छन भने क्षेत्र नम्वर १ प्रदेश सभा ‘ख’ बाट नेकपा एमालेका डण्डीप्रसाद शर्मा, नेपाली काँग्रेसका खड्क पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलबहादुर सिंह र नेपाल मजदूर किसान पार्टीबाट पुष्पराज रानाले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभातर्फ ५ जना र प्रदेश सभातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १५ मतदाता छन भने २ सय ९३ वटा मतदान केन्द्र तोकिएको छ ।


