बहुप्राविधिक शिक्षालय भवनको निर्माण अधुरै
असोज २८, जाजरकोट । सबै खालका प्राविधिक शिक्षा एकै ठाउँमा पढाउने उद्देश्यले स्थापित जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन एक वर्षदेखि निर्माणकै क्रममा छ । अघिल्लो वर्षदेखि शुरू गरिएको भवन निर्माण अझै नसकिएको हो । भवनको अभावमा खुलाचौरमा पढ्दै आएका विद्यार्थीले भवन निर्माणपछि सहज रूपमा पढ्न पाउने अपेक्षा गरिएको छ । प्राविधिक शिक्षालय रहेको भेरी नगरपालिका–६ काफचौरमा सडकको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन भएको थियो । सीटीईभीटीको सम्बन्धनमा बहुप्राविधिक शिक्षालयका कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालनमा छन् । यहाँ बहुप्राविधिक शिक्षालय नहुँदा पढाइका लागि विद्यार्थीहरू धेरै रकम खर्चेर बाहिरी जिल्ला जान बाध्य थिए । रासस